प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

१८४३  पटक हेरिएको

विराटनगर ।मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम  र सुनसरी इटहरी-२ का ३० बर्षीय  पासाङ शेर्पा र २५ बर्षीय  रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी -२२ एम्पुल सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!