भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

१९६९  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले संयुक्त रुपमा ड्रोन उडाएर तालिमको उद्घाटन गर्नुभयो । विकेभिएम स्कुलका प्राचार्य रविन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपदको समयमा विराटनगर महानगरपालिकाका विभिन्न स्थान जोखिममा पर्ने र उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद व्यवस्थापनमा तीव्रता लिन नसकेको बताउनुभयो ।

तीनदिने तालिममा विद्यार्थीहरुले जीआईएसको प्रयोग गरी विपद व्यवस्थापनमा टेवा पु¥याउन सक्ने सक्षम युवा जनशक्ति विराटनगरले पाउँछ भन्ने आशा व्यक्त गर्दै समितिलाई धन्यवाद दिनुभयो । प्राचार्य दाहालले जीआईएस र एआईजस्ता विषय महानगरको स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएमा मात्रै आधुनिक शिक्षा क्षेत्रमा सुदृढीकरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक ई. अशोक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभयो । कार्यक्रम ३० जना सहभागी लक्षित थियो भने दोब्बर आवेदन प्राप्त भएको र विद्यार्थी छनोट गर्न निकै समस्या भएको समितिका सदस्य ओशन शर्मा कट्टेलले बताउनुभयो । कार्यक्रममा समितिका सदस्य उदिप पोखरेल, प्रितम साह, दर्शन पौडेललगायतले तालिम निकै उपलब्धिमूलक हुने बताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!