लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ०७, २०८२

१३२४  पटक हेरिएको

विराटनगर ।संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर-१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो ।

यसै गरी मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!