गैरसरकारी संस्था महासंघ मोरङद्वारा विराटनगरमा प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख ०७, २०८२

१७२२  पटक हेरिएको

विराटनगर।गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ ।विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहाँसुकै गएर पनि आत्मनिर्भर हुन सक्ने बताउनुभयो । सीप भएको व्यक्ति जहाँसुकै पनि बिक्न सक्ने उहाँको धारणा थियो ।

मेयर कोइरालाले विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको उल्लेख गर्नुभयो । संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै मेयर कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको चर्चा गर्नुभयो । विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनुहुनेछ । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!