गायक प्रमोद खरेलको को “पिडा” गीतको म्युजिक भिडियो सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, बैशाख ०८, २०८२

१२३५  पटक हेरिएको

काठमाडौं ।नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पीडा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचना रहेको उक्त गीतमा संगीतकार मनिपाल राईको अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। मुनाल शिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, कुसुम शर्मा र तुलसी खड्काको अभिनय रहेको छ। भिडियोलाई काठमाडौं र भक्तपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो। म्युजिक भिडियो समलिंगीको कथामा आधारित रहेको छ।

भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियोलाई NP Musicmedia को आधिकारिक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!