एक दर्जन सहकारी संस्था खारेज

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, बैशाख १०, २०८२

२४७०  पटक हेरिएको

एक दर्जन सहकारी संस्था खारेज गरिएको छ । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले १३ वटा सहकारी संस्था खारेज गरेको हो । ग्लोबल बहुउद्देश्यीय सहकारी, पद्म नर्सिङ बचत तथा ऋण सहकारी, मर्दी हिमाल कृषि सहकारी, अजम्बरी कृषि सहकारी, उपभोक्ता सहकारी संघ, तनहुँ माझकोट उपभोक्ता सहकारी, लघु उद्यम कोशेली घर सहकारी, गोरखा सूचना तथा सञ्चार सहकारी संस्था, जनता सूचना तथा सञ्चार सहकार, नागरिक बचत तथा ऋण सहकारी, सत्यनारायण बचत तथा ऋण सहकारी, सहयोगी कृषि सहकारी र सारथी सूचना तथा सञ्चार सहकारी खारेज गरिएको छ ।

गण्डकी प्रदेश, सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा ९३० को खण्ड ९क० मा लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेजी गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार खारेजी गरिएको कार्यालयले जनाएको छ ।

यी सहकारीहरू कार्यालयमा अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेको पाइएको छ । यी सहकारी संघरसंस्थाहरूको दर्ता खारेजी गर्नु नपर्ने कुनै कारण भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफूसँग भएको प्रमाण कागजात सहित यस कार्यालयमा सम्पर्क गर्न समेत पाउने भएका छन् ।

कार्यालयबाट स्थलगत अनुगमन गर्दा लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको पाइएको छ । कार्यालयको मंगलबारको निर्णय अनुसार बमोजिमका सहकारी संघरसंस्थाहरू खारेजी गरिएकोले यिनीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ । सहकारी संस्थाले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व रहे भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक लगायतका जिम्मेवार पदाधिकारी/व्यक्तिहरूले तिर्न समेत कार्यालयले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!