कोशी प्रदेश प्रहरी र बिराट मेडिकल कलेज तथा बिराट नर्सिङहोमबीच स्वास्थ्य उपचारमा शुल्क छुट सम्झौता

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, बैशाख १३, २०८२

१०६५  पटक हेरिएको

विराटनगर ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसुनुवारी मोरङ साथै बिराट नर्सिङहोम  प्रा.लि. विराटनगर बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १२ गते आयोजित कार्यक्रममा नेपाल प्रहरीका बहालवाला प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, अमर प्रहरीका परिवार र निजका आश्रित परिवारहरुका विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुबै पक्ष सहमत भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (पहिलो पक्ष)  र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसुनुवारी मोरङ साथै बिराट नरसिंहहोम प्रा.लि. विराटनगरको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डा. निकिता कार्की (दोस्रो पक्ष) हरु बिचमा सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथी अधिकारीले समाजका बिभिन्न क्षेत्रहरुमा बढ्दै गईरहेको सुरक्षा चुनौतीमा प्रहरीले हर तवरबाट सुरक्षा प्रदान गरीरहेको साथै अस्पताललाई प्रथमिकतामा राखेर सुरक्षा प्रदान गर्ने गरेको बताउनुभयो । साथै वँहाले रोग लागेर मात्र नभई आफ्नो स्वास्थ्य अवस्थाको जाँच गराउन पनी आवश्यक रहेको बताउनुहुदै प्रहरी कर्मचारीहरुको सेवा विस्तार र सहुलियत तरिकाले उपचार गराउने वातावरणको श्रृजना गरी दिनु भएकोमा आभार प्रकट गर्नुभएको थियो भने अस्पतालको थप सेवा सुविधा बिस्तारको शुभकामना समेत दिनुभएको थियो ।

यसैगरी बिराट नर्सिङहोम होम प्रा.लि.का प्रशासन प्रमुख पदम विनाडीले नेपाल प्रहरीले समाजमा दिने सुरक्षा अतुलनिय रहेको साथै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहन जरुरी भएकोले प्रहरी कर्मचारीहरुको उपचारमा सहजता ल्याउन स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराएको बताउनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत तथा अस्पतालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
error: Content is protected !!