एमएम कप क्रिकेटमा विजयी हुँदै एपिएफ शिर्ष स्थानमा उक्लियो

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख १४, २०८२

१००५  पटक हेरिएको

विराटनगर ।एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्रको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित गरि शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफ आर्मीसँग पराजित भएको थियो । एपिएफले २ खेलमा १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंककासाथ शिर्ष स्थानमा रहेको छ । आर्मीले १ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ भने वागमतीले पहिलो खेलमा पराजित हुँदै अंक विहिन रहेको छ ।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ८० रनको झिनो योगफल खडा गरेको थियो । वागमतीका कप्तान रित गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन जोडे । एपिएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिँदा हविशेष गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट लिए ।

जवाफमा ८१ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले ९ दशमलव ४ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । एफिएपको जितमा दिपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिँदा सुमित महर्जनले अविजित १८ रनको योगदान दिए । वागमतीका असिम श्रेष्ठले २ विकेट लिए ।सोमबार समुह ए को अन्तिम लिग खेल आर्मी र वागमती विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!