
४२५ पटक हेरिएको

विराटनगर।मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले प्र.१-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउदै गरेका मोरङको बेलवारी-४ का २८ वर्षीय बिपुल बिष्टलई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।