
६२५ पटक हेरिएको

विराटनगर।झापा र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । वैशाख १५ गते दिउँसो बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५ वर्षीय विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी- ESKUF DX-७ थान बोतल, CARISPAS- ६ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका-२ का २२ वर्षीय मिलन परियार र फाल्गुनन्द गाँउपालिका-३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर र औषधी नाईट्राजापाम-९ टयाब्लेट सहित नियन्त्रणमा लिएको छ ।