
५०८ पटक हेरिएको

विराटनगर।मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन ।
वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।