
६१४ पटक हेरिएको

सुनसरी ।सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन ।
बैशाख १८ गते अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले
अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।