विराटनगरको बिभिन्न स्थानमा ट्रफिक लाईट जडान गर्ने योजना

Logo
स्थानिय अवाज प्रकाशित सोमबार, कार्तिक २०, २०८०

११२४  पटक हेरिएको

विराटनगर । विराटगर महानगरपालिकाको १० वटा स्थान ट्रफिक लाईट जडान गर्ने योजना राखिएको छ । विराटनगर क्षेत्र भित्र धेरै संख्या सवारी साधनहरु गुड्ने , दुर्घटना हुने र सडकहरुमा सवारी साधनहरु धेरै पाकिङ भएर जाम हुने अवस्था रहेकोले ट्राफिक कार्यलयले महानगर संग समन्यवय गरि ५ स्थानहरुमा ट्रफिक लाईट जडान गर्ने योजना गरेको छ ।

विराटनगरको मुख्य बजार क्षेत्रमा सबै भन्दा धेरै भिडभाड र सडक जाम हुने भएकोले जलजला चोक , तिनपईनी , ट्राफिक चोक , हस्पिटल चोक , घोघापुल चोक गरि पाचँ बटा स्थानहरुमा ट्राफिक लाईट जडान गर्ने याजना रहेको मोरङ ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले जानकारी दिए । त्यस्तै , धरान रोड उत्तर दक्षिण सडकको मुख्य चोक कन्चनबारी , बरगाछी , शनि मन्दिर , महेन्द्र चोक र रोड सेस चोकमा पनि सडक बिभाग संग कुरा राखी ट्राफिक लाईट जडान गर्ने समेत योजना रहेको न्यौपानेले जानकारी दिए ।

ट्राफिक लाईट जडान गरे लाईट जोडिएका स्थान बाट १०० देखि २०० मिटर सम्म सवारी र्पाकिङ नहुने र सबै जना नियममा जाने र मानिसहरु जेब्रा क्रसिङको पालना गर्ने सम्भावना देखिन्छ र सबैमा सचेता पनी हुने न्यौपानेको भनाई रहेको छ । विराटनगरको कुनै पनि स्थाहरुमा ट्राफिक लाईट नभएकोले नमुनाको रुपमा पनी हुन सक्ने र बालबालिकाहरुले पनी ट्राफिक लाईट , जेब्रा क्रसिङको विषयमा ज्ञान प्राप्त गर्न सक्ने साथै मोरङ जिल्लाको लागि हित हुने र महानगर पनि व्यवस्थित हुन सक्ने उनले बताए ।

महानगरले १ वर्ष अगाडि नै ट्राफिक लाईट जडान गर्ने योजना राखेको तर ठेकेदार कुनै समस्याको कारण विदेश जानु पर्ने भएको कारण काम रोखिएको मेयर नागेश कोईरालाले बताए । विराटनगरमा साधन र मानिसहरुको चाप बढ्दै गईरहेकोले दुर्घटना बढ्दै गएको र जाम धेरै हुन थालेकोले डेढ महिना भित्र पहिलो चरणमा जलजला चोकमा ट्राफिक लाईट जडान गरी परिक्षण गर्ने र सफल भएपछी तिनपैनि चोक र ट्राफिक चोक गरि अन्य स्थानहरुमा पनि जडान सुरु गर्ने मेयरले जानकारी दिए ।

धरान रोड महानगरपालिकाको मातहतमा नपरेको कारण सडक बिभाग संग कुरा राख्दा हाल सम्म जवाफ नआएकोले योजना बनाउन नसकेको तर सडक बिभाग संग कुरा राखी सहयोग मागेर कार्य अगाडी बढाएर अन्य मुख्य ५ स्थानमा ट्राफिक लाईट जडान गर्ने मेयर कोईरालाले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!