ठगीमा संलग्न दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख २१, २०८२

४३९  पटक हेरिएको

काठमाडौं।ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घर भएका २० वर्षीय विशाल घिमिरे र काठमाडौं महानगरपालिका-२७सुन्धारा बस्ने रौतहट गरूडा नगरपालिका-४ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले विद्यार्थी भिषामा अमेरिका जान एक दिनको लागि बैंक ब्यालेन्स देखाउन आफूलाई ६१ लाख रूपैयाँ आवश्यक भएको भनि बहाना बनाई पीडितलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाई रकम जम्मा भए पश्चात अन्यत्र विभिन्न व्यक्तिहरूको खाताहरूमा सम्पूर्ण रकम रकमान्तरण गराई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!