१ सय ८० किलो गाँजा सहित एम्बुलेन्स चालक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, बैशाख २१, २०८२

७३९  पटक हेरिएको

सुनसरी।रामधुनी नगरपालिका-६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय श्रीराज कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!