प्रहरीसमक्ष आफूले माफी नमागेको प्रसाईंको दाबी

Logo
स्थानिय अवाज प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

४६२  पटक हेरिएको

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले साईबर ब्युरोमा बोलाएपछि गएको स्पष्ट पारेका छन् । उनले आफूले प्रहरी अधिकारीसमक्ष माफी नमागेको पनि स्पष्ट पारेका छन् ।

साईबर ब्युरोमा पुगेर घर फर्किएपछि पत्रकारहरुसँगको अन्तरक्रियामा प्रसाईं झनै आक्रामक देखिए । उनले आफू अरबौंको सम्पत्ति भएको मान्छे कसरी भाग्छु होला र ? भन्दै प्रश्न गरे ।

उनले भने,‘म मेरी आमाको कसम खाएर भन्छु, दुर्गा माता र मेरा छोराछोरीको कसम खाएर भन्छु, मैले माफी मागेको छैन् ।’ उनले आफूले आह्वान गरे एमाले अध्यक्ष केपी शर्मा ओली मेची अञ्चल छिर्न नसक्ने ठोकुवा गरे ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!