अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

५८५  पटक हेरिएको

सुनसरी।बराहक्षेत्र नगरपालिका-१ चतरास्थित कोशीपुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित उदयपुर बेलका नगरपालिका-३ बस्ने २८ वर्षीय अनुप राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट उदयपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०४०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!