महिला टी-२० श्रृंखलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

Logo
स्थानिय अवाज प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

४८४८  पटक हेरिएको

काठमाडौं। हङकङमा आयोजना हुने टी-२० श्रृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

हङकङले नोभेम्बर १५ देखि आयोजना गर्ने उक्त श्रृंखालामा नेपालसहित युएई, हङकङ र मलेसियाले सहभागीता जनाउँनेछन् ।

नेपालले आज बन्द प्रशिक्षणमा बोलाएको खेलाडीहरुमा रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, संगिता राई, विन्दु रावल, ज्योती पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुबी पुदार, सवनम राई, अस्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!