लागूऔषध गाँजा सहित ५ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, जेठ ०३, २०८२

४३९  पटक हेरिएको

विराटनगर ।सुनसरी र धनकुटाको बिभिन्न स्थानबाट लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ १ गते सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-७ का ५० बर्षीय मिकाईल मियालाई ५ किलो गाँजा सहित नियन्त्रंणमा लिएको छ ।

यसै गरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका-९ का ५१ बर्षीय राजु राईलाई २८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका-६ स्थितमा चेकजाँचको क्रममा शहिदभुमी गाउँपालिका-२ का २२ बर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजा सहित र मोरङ सुन्दर हरैचा-१० का २६ बर्षीय जयराम सरदार, १८ बर्षीय सुदिप सरदारलाई ३ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!