
८७५ पटक हेरिएको

मोरङको दक्षिणी भेगमा रहेको रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू मकै बाली भित्र्याउन थालेका छन्। अहिले रंगेलीमा पहिलो पटक मकै काट्ने अत्याधुनिक कम्वाइन मेसिन भित्रिएपछि कृषकहरूलाई मकैबाली भित्र्याउन सहज हुन थालेको छ। पछिल्लो समयमा गाउँघरमा जनमजदुरी नपाउँदा खेतमै मकै बिग्रिने अवस्था रहेको कृषकहरूले बताए।
स्थानीय कृषक गोपाल घिमिरेका अनुसार, मजदुरहरूले ५ सय रुपैयाँ ज्याला लिने र एक छाक खानासमेत खुवाउँदा पनि मजदुर नभेटिएपछि आफूले कम्वाइनबाट मकै काट्न थालेको र कम्वाइनले मकै काट्दा आफूहरूलाई धेरै नै रकम बचत भएको उनले बताए। मजदुरको समस्या बढी हुनाले पछि रंगेली ९, धन्जुवाका महेन्द्र यादवले मकै काट्ने मेसिन खरिद गरेपछि अहिले उनलाई भ्याइनभ्याई हुन थालेको छ र मेसिनबाट मकै काट्दा १ घण्टाको ८ हजार रुपैयाँ लिने गरेको र १ बिघादेखि डेढ बिघासम्म मकै काट्ने गरेको यादवले बताए।
पछिल्लो समयमा गाउँ नै शून्य हुने गरी युवाहरू सबै विदेशी भूमिमा जान थालेपछि अहिले जनमजदुरहरूको अभाव बढ्न थालेको छ।