श्रीमतिको कर्तब्य पूरा नगर्ने सम्पत्तिमा मात्र निताको स्वार्थ रहेको डाक्टर शितल यादवको दाबि, निताले भनिन् म पिडित छु

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, जेठ ०३, २०८२

१०९१  पटक हेरिएको

विराटनगर। आफ्ना स्वर्गीय श्रीमानको नाममा रहेको सम्पत्ति भोगचलन गर्न नदिएको भन्दै पत्रकार सम्मेलन गरेकी डा. निता यादवका आरोपहरूलाई उनका ससुराली पक्षले अस्वीकार गरेका छन्। परिवारका सदस्यहरूले आफूहरू अदालतको निर्णयमा विश्वास राख्ने र सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन गरी डा. निता यादवले झूट बोलेर आफूसँग विवाह गराइएको र ससुरालीका सदस्य– सासु, ससुरा र देवरबाट निरन्तर मानसिक यातना दिइएको गम्भीर आरोप लगाएकी थिइन्। तर परिवार पक्षले ती सबै आरोपलाई अस्वीकार गर्दै, त्यसका प्रमाणसहित आफ्नो पक्ष स्पष्ट गरेका छन्।

ससुरा डा. शीतल यादवका अनुसार, २०६८ सालमा पारिवारिक सहमतिमा जेठो छोरा सुशील यादवसँग निताको विवाह गरिएको थियो। विवाहको तीन दिनपछि नै डा. निता यादवलाई एमबीबीएस अध्ययनका लागि परिवारले बंगलादेश पठाएको र अध्ययनकै क्रममा पटक–पटक फेल हुँदै जाँदा बाँकी अध्ययन नेपालमै सक्न आग्रह गरे पनि निताले नेपाल फर्कन नमानेको उनले बताए।

परिवारका अनुसार माइती पक्षको दबाबपछि उनी दुई वर्षपछि २ दिनका लागि मात्र घर आएकी थिइन् र त्यसपछि पुनः माइततिर गईन। श्रीमानसँगको सम्बन्ध सुमधुर नहुँदा उनका छोरा मानसिक रूपमा पीडित हुँदै गएका र डिप्रेसनमा जान थालेको परिवारको भनाइ छ।

परिवारले दिएको जानकारी अनुसार, डा. निता यादवले सन् २०१९ मा एमबीबीएस अध्ययन सकेर बिना जानकारी चीन गई एमडी अध्ययन सुरु गरेकी थिइन्। उच्च शिक्षा सकेर फर्किएपछि पनि उनी ससुराली घर नआई नेपालका विभिन्न ठाउँमा बसेर काम गर्दै आएकी छन्।

२०७९ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन दिँदा वैवाहिक स्थिति ‘विवाहित’ भए तापनि श्रीमानको नाम उल्लेख नगरिएको प्रमाण पत्र समेत ससुराले सार्वजनिक गरेका छन्। त्यसै वर्ष डा. निताले श्रीमानसँग अंशसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। जिल्ला र उच्च अदालतबाट मुद्दा जितेकी भए पनि परिवारले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको छ।

देवर सुनिल यादवले भने, “दाजु गम्भीर बिरामी भएर काठमाडौमा उपचार गराउदा भेट्न नआउने, भेन्टिलेटरमा जीवन मरणको अन्तिम श्वास फर्दा पनि एक पटक भेट्न पनि न आउने कस्तो निर्दयी श्रीमती हुन् ? यस्तो पनि जीवन साथी हुन्छ र कसैको ?दाजुको मृत्यु हुँदा आर्याघाटमा नै आएन सम्पत्तिकोलागी झगडा गर्ने अनि दाजु मरेको ३ दिन नबित्दै सिंगापुर घुम्न जाने कस्तो श्रीमती हुन् ? यहि हो एउटा श्रीमतीले मरेको श्रीमान प्रती देखाउने सम्मान ? हाम्रो परिवारको मन कति दुखेको छ त्यो म ब्यान गर्न सक्दिन , मेरो दाजु मेरो भाउजुको पिडाको कारणले कलिलो उमेरमा नै यो संसार छोडेर जानू भयो हामी पिडामा छौ तर मेरो भाउजू सम्पत्तिकोलागी हाम्रो परिवारको बदनाम गराउनु भयो। यो सम्पत्ति केही होईन हाम्री सर्वोच्च अदालतको निर्णयलाई पर्खिएर बसेका छौ यदि सर्वोच्चले मेरो भाउजुको पक्षमा नै फैसला सुनायो भने हामी त्यो सम्पत्ति छोड्न तयार छौ ।हाम्रो प्यारो दाजु त गुमायौ जाबो यो सम्पत्ति केही होईन सुनिल यादवले आफ्नो परिवारको पिडालाई यसरी बयान गर्दै भावुक बने ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!