लागूऔषध ब्राउन सुगर सहित २१ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, जेठ ०४, २०८२

७७८  पटक हेरिएको

विराटनगर ।झापा र मोरङका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका-२ मा चेकजाँच गर्ने क्रममा रतुवामाई-८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। सोही क्रममा रतुवामाई-९ का २५ वर्षीय मनिस राई र ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मोरङको पथरी शनिश्चरे-२ बाट ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य वि.क. को साथबाट ४ ग्राम ७५० मिलिग्राम, मोरङको कानेपोखरी-७ का ३८ वर्षीय जोनी राईको साथबाट २ ग्राम ६१० मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ-६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

प्रहरीले उर्लाबारी-२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय मुकुन्द दुलालको साथबाट ४ ग्राम ६९० मिलिग्राम, झापाको गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २७० मिलिग्राम, झापाको कमल गाउँपालिका-२ का २७ वर्षीय समिर न्यौपाने र २७ वर्षीय निरज सुब्बाको साथबाट १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। कमल गाउँपालिका-४ का ३० वर्षीय इन्द्र लिम्बु र ३६ वर्षीय सुमन राईको साथबाट २ ग्राम ८९० मिलिग्राम, झापाको दमक-५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता, सोही दिन उर्लाबारी नगरपालिका-४ मा इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही स्थानकी ४९ वर्षीया लिला कुमारी थारु, उनका २५ वर्षीय छोरा रञ्जित धामी थारु र २४ वर्षीय प्रबिन धामी थारुलाई २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैगरी, झापाको बिर्तामोड-५ बाट लागूऔषध ब्यूरो काँकडभिट्टाको टोलीले झापा मेचीनगर-१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र निषेधित औषधी ९ क्याप्सुलसहित पक्राउ गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!