३८४० पटक हेरिएको
जहदा । मोरङको जहदा गाउँपलिकामा तेस्रो संस्करणको जहदा कप फुटबल प्रतियोगिता शुरु भएको छ।
जहदा कप फुटबल प्रतियोगिता जहदा ३ जयरामपुरको आयोजनामा र जहदा ३ नम्बर वडा कार्यालयको सहयोगमा प्रतियोगिता शुरु भएको हो।
जहदा ३ जयरामपुरमा सुरु भएको सो प्रतियोगितालाई जहदा ३ को वडाध्यक्ष अनिल कुमार ठाकुर उदघाटन गरेको थियो ।
प्रतियोगितामा आयोजक क्लब सहित पालिका भित्रका विभिन्न वडाका ५ वटा टिम र बिराटनगरका ३ टिम गरी जम्मा ८ टिमको सहभागिता रहेको अयोजकले बताए । उदघाटन खेल जहदा आदर्श फुटबल टिम र मिस युवा क्लब बिच भएको थियो ।
प्रतियोगितामा सहभागि बिजेता टिमलाई प्रथम पुरुस्कार नगत रु २५,००० सहित ट्रफि, मेडल र प्रमाण पत्र दिईने छ भने दोस्रो हुनेलाई द्वितिय पुरुस्कार नगत रु १५,००० सहित ट्रफि, मेडल र प्रमाण पत्र दिईने आयोजकले बताए ।
हामीले भौतिक निमार्ण संगै शिक्ष, स्वास्थ्य, कृर्षी, रोजगार र खेलकुदमा पनि हामीले ध्यान दिनु पर्छ । खेलकुदले खेलाडीहरुको क्षमतामा बिकास ल्याउछ जसले गर्दा हाम्रा खेलाडी भाई बहिनीले देश तथा बिदेशमा आफ्नो र हाम्रो यस जहदा गाउँपलिका नाम रोसन गरेको प्रमुख अथिती वडा नम्बर ३ को वडा अध्यक्ष अनिल कुमार ठाकुरले बताए । केही दिन अगाडी मात्रै हाम्रै यसै बडाका एक चेलीले कबड्डी टीमका कप्तान मेनुका राजवंशीले नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल भएको थियो । हामी सबै मिलेर खेलकुदमा लगानी गर्नु पर्छ र खेलाडीको क्षमता बिकास गर्नुपर्ने ठाकुरले बताए ।
कार्यक्रममा वडा अध्यक्ष अनिल कुमार ठाकुर, वडा सचिव लिलाकान्त साहु, वडा सदस्यहरु, युवा, खेलाडीहरु, पत्रकार लगायत स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।