लागूऔषध सहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, जेठ ०६, २०८२

५५२  पटक हेरिएको

मोरङ।पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डाइसे ६० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २३ वर्षीय राहुल गुरूङ र २७ वर्षीय समिर राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!