लागूऔषध सहित ६ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, जेठ १२, २०८२

४३८  पटक हेरिएको

सुनसरी।सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ११ का १८ बर्षीय आशिष तामाङ, धरान ८ का २३ बर्षीय अनिल लिम्बु, १८ बर्षीय अनिल मगर, धरान १७ का २२ बर्षीय राज कुमार राई, २८ बर्षीय अनिल मगर र धरान १९ का १८ बर्षीय अनिस मगर रहेका छन् ।

हिजो राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो । लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!