१२३५० पटक हेरिएको
विराटनगर । मोरङको रतुवामाई नगरपालिका ७ स्थित रहेको सडक खण्डका खाल्टो युवाहरुले व्यक्ति खर्चमा पुरेको छ । नगरपालिका र वडा कार्यालयले सडक खण्डमा रहेको खाल्टो पुर्न वेवास्ता गरे पछि स्थानीय युवाहरुले एक आपसमा खर्च जुटाई सडक खण्डको खाल्टो पुरिएको हो । रतुवामाइ ७ स्थित सिजुवा केशरबाडी सडक खण्डको कपरसुका आश पाश(रतुवामाइ ७ र ६ मा) रहेका सडक खण्ड बर्खा लागेपछि खाल्टोमा परिनतभएको थियो ।
सडकखण्ड खाल्टोमा परिनत भएपछि स्थानीय बालबालिका डुबने र यातायातका सवारीसाधनहरु ओहरदोहर गर्न समस्या उत्पन्न भएपछि कपरसुगा युवा क्लवले वाईसीएल नगरसमिति संगको सवन्वय गरेर ५४ हजारको ग्राभेल दिएर खाल्टो पुरिएको हो । अति जोखिमपूर्ण खाल्डोले बालबालिकालाई झनै जोखिम बनाएपछि स्थानीय युवाहरुले आफसी सहयोगमा खाल्टो परिएको स्थानीय युवा सुनिल साफकोटाले जानकारी दिए ।
उनका अनुसार स्थानीय युवाहरू भबिन चम्लागाइ, बेदु दाहाल, डमरु बल्लभ पौडेल , सुनिल सापकोटा , मनोज उप्रेती , ज्ञानु मैनाली , रुद्र ढुंगेल, भीष्म न्यौपाने , लक्ष्मी मैनाली, , सुमन ढुंगेल, हरि पौडेल , नवराज न्यौपाने लगायत अन्य युवाहरुले सहकार्य गरि १२ ट्राक्टर गिट्टी सडक खण्डमा हालेर खाल्टो पुरिएको हो । वाईसिएलले नगरकमिटिले आधा खर्च गरेको उनले बताए । करिब ५४हजार बराबारको गिटीले रतुवामाइ ७ स्थित सिजुवा केशरबाडी सडक खण्डको कपरसुका आश पाश(रतुवामाइ ७ र ६ मा) रहेका अति जोखिमपूर्ण खाल्डो पुर्न खर्च भएको बताईएको छ ।
७ नम्बर कै उप मेयर दमयन्ता देवी चुडाल भएपनि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको उनले बताए । वडा अध्यक्ष राम कार्की, सहित उपमेयर लगायतका सरोकारवालालाई पटक पटक आग्रह गर्दा पनि कसैले खाल्टो पुरेर जोखिम कम गराउने काम तिर चासो नदेखाएको उनको भनाई रहेको थियो ।