दुबईमा रमेश बाहुनको व्यावसायिक यात्रा

Logo
स्थानीय अवाज प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

३४५५  पटक हेरिएको

काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा हात हालेका ‘रमेश बाहुन’ भनेर चिनिने सुजन पौडेल व्यवसायमा गाँसिएका छन्। उनले केहीदिन अघिमात्रै दुबईमा म्यानपावर कम्पनी खोलेका छन्।

दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीको लागि सजिलो हुनेगरी उनले अभियानमा लागेको बताएका छन्। बाहुन डन’को परिचय बनाएका उनी करिब ९ वर्ष २ महिना जेल जीवन बिताएपछि समयअघिमात्रै जेलबाट रिहा भएका थिए।

विदेशमा अलपत्र दाजुभाइ, दिदीबहिनीहरूलाई उहाँहरूको लागि उचित रोजगारीको व्यवस्थाका लागि सजिलो होस् भनेर नियम कानुनअनुसार नै कम्पनी खोलेर काम सुरु गरेका उनले बताएका छन्।

यो कम्पनीले भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारेका युवालाई सहजीकरण गर्नेछ। उनको सुजनकुमार ह्यूमन रिरोर्सोज कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!