
११६२ पटक हेरिएको

काठमाडौं।काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।