स्रोत नखुलेको १ करोड ४४ लाख रूपैयाँ सहित चिनियाँ नागरिक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ २४, २०८२

६०८  पटक हेरिएको

काठमाडौं।काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीबाट स्रोत नखुलेको नगद १ करोड ४४ लाख रूपैयाँ सहित काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय WANG JIAN लाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!