३ किलो ४ सय ग्राम कोकिन सहित भारतीय नागरिक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

९५७  पटक हेरिएको

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध कोकिन ३ किलो ४ सय ग्राम सहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय ABDUS SAMAD JAMAL MANSURI बुधबार दिउँसो पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वार अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!