
११८३ पटक हेरिएको

काठमाडौं। भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीले अबदेखि ३ हजार डलर रुपैयाँ सटही गरेर लैजान पाउने भएका छन्।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर विश्व पौडेलले यस्तो व्यवस्था गरिएको बताएका हुन्।यसअघि, त्यसरी भ्रमणमा जाने नेपालीले २५०० डलर मात्रै लैजान पाउने व्यवस्था थियो। पौडलेले उक्त सटही सुविधालाई बढाएर ३ हजार डलर पुऱ्याएका हुन्।