
८१५ पटक हेरिएको

काठमाण्डौं ।नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ।
गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ।भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ।
भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ।