
९१९ पटक हेरिएको

विराटनगर ।मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको छ ।