३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, साउन ०२, २०८२

१०६२  पटक हेरिएको

विराटनगर।मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते ०१:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।

त्यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७ स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!