पेस्तोल सहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन ०३, २०८२

५६३  पटक हेरिएको

सुर्खेत।बीरेन्द्रनगर नगरपालिका-८ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बिधानको घर तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!