जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १९, २०८२

१३४०  पटक हेरिएको

कास्की।पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!