प्रधानमन्त्री बालेन्द्र शाहलाई पारस हस्पिटलद्वारा बधाई तथा शुभकामना

Logo
birendra प्रकाशित शनिबार, चैत्र १४, २०८२

१८२५  पटक हेरिएको

विराटनगर । पारस हस्पिटल ले नेपाल सरकारका नव-नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले जारी गरेको सन्देशमा प्रधानमन्त्री शाहको नियुक्तिले मुलुकमा नयाँ आशा र सकारात्मक अपेक्षा जागृत भएको उल्लेख छ। उनले सुशासन, पारदर्शिता, विकास र समृद्धिको दिशामा सरकारको नेतृत्व प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा स्वास्थ्य सेवा क्षेत्रप्रति सरकारको प्राथमिकता अझ सुदृढ हुने अपेक्षा गरिएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार, जनस्वास्थ्य सुधार तथा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी नीति र सहकार्य आवश्यक रहेको हस्पिटलको धारणा छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!