सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, आषाढ २८, २०८१

२१२८  पटक हेरिएको

वलपरासीको सुनवल नगरपालिकाका समीर परियारलाई राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित गरिएको छ। सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सृजनशीलता र सकारात्मक सोच प्रवाह गर्न उल्लेखनीय योगदान पुर्याएकोमा उनलाई यो सम्मान प्रदान गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमका अवसरमा उनलाई नगदसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो। आजको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले समीरलाई नगदसहित सम्मानपत्र प्रदान गरे। मन्त्री श्रेष्ठले सामाजिक कार्यमा विशेष योगदान पुर्याउने युवालाई पुरस्कृत गर्ने बताउनुभयो।

समीर परियारले विगतदेखि निरन्तर रूपमा मर्यादित महिनावारी अभियान, बालअधिकार तथा युवाको क्षेत्रमा काम गर्दै आउनुभएको छ। उहाँको यो योगदानले नेपाली युवाहरूमा सकारात्मक प्रभाव पारेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!