सडक विभाग परिसर सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १३, २०८१

२८८३  पटक हेरिएको

शहीद मनोज–झपेन्द्र सुरेन्द्रको स्मृतिमा सडक विभाग परिसरमा आज एक विशेष सरसफाइ तथा सौन्दर्यकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्य समितिले आयोजना गरेको यस कार्यक्रममा सयभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले विभागीय कार्य समितिको यो सृजनात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा जोड दिए। उनले कर्मचारीहरूको हकहितका लागि संगठन सदैव प्रतिबद्ध रहने बताए।

विभागीय कार्य समितिका अध्यक्ष प्रमोद खतिवडाले यो सरसफाइ अभियान प्रतीकात्मक भएको बताउँदै अब कार्यालय परिसरको फोहोरसँगै मन्त्रालय भित्रका बिसंगतिहरूको सफाइ गर्ने तर्फ संगठन अगाडि बढ्ने जानकारी दिए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक रामहरी पोखरेललगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाल निजामती कर्मचारी संगठनले प्रत्येक वर्ष श्रावण १५ गते शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवस मनाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!