पारिवारिक प्रेममा आयनको छुट्टीन मन छैन सार्बजनिक

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, साउन २६, २०८१

२४७७  पटक हेरिएको

काठमाडौं । कलाकार आयन राईको छुट्टीन मन छैन गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । मेरो मनको टिभी युटयुब च्यानल मार्फत उक्त गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो। गायक भक्त भण्डारी र रोजा राईको स्वर रहेको गितमा कलाकार आयन राई सुनिता बुढाथोकीले अभिनय गरेका छन ।

श्रीमान श्रीमतिको पारिवारिक प्रेमलाई भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ। आजभोली धेरै परिवार छुटेका छन,अरु सङ्ग लागेको समाचार आउछन। बेमेल छ, समस्या पर्दा साथ छोड्नेहरु धेरै छन, तर यो भिडियोमा परिवारमा जस्तो सुकै समस्या पर्दा साथ नछोडेको देखाईएको छ, प्रोडुसर आयनले भने, भिडियोबाट आशावादी छौ।

भिडियोमा आयन र सुनिताको प्रेम देखाइएको छ।

परिवारमा जो कोहि बिरामी पर्न सक्छन, आयन त्यहा बिरामी हुँदा सुनिताले श्रीमतिको असल भुमिका निर्वाह गरेकी छिन। हामी अहिले देखिएको समाजको बिकृतीलाई मध्यनजर गर्दै पारिवारिक सकारात्मक भिडियो तयार गरेका हौ, आयन भन्छन, यो अहिलेको आवश्यकता पनि हो । जसले समाजमा राम्रो सन्देश प्रवाह गर्नेछ। बिबेक हिङमाङले निर्देशन गरेको भिडियोको छायांकन छवि श्रेष्ठ र समीर पौडेलले गरेका हुन।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!