योगेन्द्र मण्डलले पुर्वाञ्चल बाल आश्रममा मनाए छोराको जन्मदिन

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन २७, २०८१

६०७७  पटक हेरिएको

विराटनगर। मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले आफ्नो छोरा तेजस्वी मण्डलको २३ औँ जन्मदिन विराटनगरस्थित पुर्वाञ्चल बाल आश्रममा मनाएका छन्।

आफ्नो परिवारसहित आश्रम पुगेका मण्डलले आश्रममा रहेका ७०-९० जना बालबालिकालाई खाना खुवाएर छोराको जन्मदिन मनाएका हुन्। उनले अहिलेका युवा पुस्ताले होटल र क्लबमा जन्मदिन मनाउने प्रचलनलाई त्यागेर सामाजिक सेवामा लाग्नुपर्ने बताए।

मण्डलले भने, “आजको युवा पुस्ताले होटल, क्लबमा साथीभाइसँग रमाइलो गर्दै जन्मदिन मनाउने गर्छन्। तर, त्यस्तो ठाउँमा गएर पैसा खर्च गर्नुभन्दा समाज सेवामा लागेर जन्मदिन मनाउनु धेरै अर्थपूर्ण हुन्छ।”

तेजस्वी मण्डल पनि एक सक्रिय युवा समाजसेवी हुन्। उनी स्कूलहरूमा जनचेतना मुलक कार्यक्रम, वृक्षारोपण जस्ता सामाजिक कार्यमा सक्रिय रूपमा संलग्न छन्। यसबारेमा समाजसेवी पवन सहनीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!