फरार प्रतिवादी पक्राउमा वैदाम प्रहरीलाई सफलता

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन १५, २०८१

४२९४  पटक हेरिएको

कास्की। वडा प्रहरी कार्यालय बैदाम, कास्कीले पछिल्लो केही महिनामा विभिन्न मुद्दामा फरार रहेका १०६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले लेनदेन, बैंकिङ, अभद्र व्यवहार, चोरी, लागूऔषध, वन, बाल यौन, अपहरण, हातहतियार र घरेलु हिंसा जस्ता विभिन्न मुद्दामा अदालतको फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेकाहरूबाट प्रहरीले ४१ लाख १२ हजार ४०५ रुपैयाँ जरिवाना असुल गरेको छ भने उनीहरूलाई ९ वर्ष ९ महिना १५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेकोले अदालतमा पठाइएको छ।

यता, गण्डकी प्रदेश प्रहरीले चालु आर्थिक वर्षमा प्रदेशका सबै ११ वटा जिल्लाबाट २५६ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ। यसले प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न गरेको प्रयासलाई देखाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!