बिष्णु बाबुको शब्द, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

३७५९  पटक हेरिएको

काठमाडौं । गायक सुरेश लामाको स्वरमा सजिएको ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस भिडियोमा नवीन न्यौपाने र अन्शुला कार्कीको रोमान्टिक जोडीलाई देख्न सकिन्छ।

बिष्णु बाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। युयुश ढकालले छायाँकन गरेको भिडियोलाई आरती लिम्बुले सम्पादन गरेकी छन्। बिचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नवीन न्यौपाने आफैँले निर्देशन गरेका हुन्।

‘अमेजिङ प्राइम नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई निर्माण टिमले दर्शकहरूले हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!