 
  ५३३७ पटक हेरिएको
 
काभ्रेपलाञ्चोक। नेशनल लघुवित्त वित्तीय संस्था र नोवेल मेडिकल कलेज शिक्षण अस्पतालबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौताअनुसार नेशनल लघुवित्तका कर्मचारी तथा ग्राहकले नोवेल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवामा उल्लेखनीय छुट पाउने भएका छन्।
आज सम्पन्न एक विशेष कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूबीच यो सम्झौतामा हस्ताक्षर भएको हो। नेशनल लघुवित्तका तर्फबाट अनुगमन अधिकृत खगेन्द्र भट्टराई र औरावनी शाखा प्रमुख कल्पना चौलागाई तथा नोवेल मेडिकल कलेजका तर्फबाट अस्पताल संचालक डा. राजेश नेपाल र मार्केटिङ अफिसर नविन दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुसार नेशनल लघुवित्तका कर्मचारी तथा ग्राहकले नोवेल मेडिकल कलेजमा औषधिमा ५ प्रतिशत, ल्याब टेस्ट, सिटी स्क्यान, एमआरआई, इन्डोस्कोपी, माइनर/मेजर अपरेसन र बेड चार्जमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यो सम्झौता एक वर्षका लागि लागू हुनेछ।
नेशनल लघुवित्तका अनुगमन अधिकृत भट्टराईले यस सम्झौताले संस्थाका कर्मचारी तथा ग्राहकको स्वास्थ्य उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
 
 
												 
												