मोरङको ग्रामथान गाउँपालिकामा मतदान जारी, ६ हजार ८ सय २६ मत खस्यो

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर १६, २०८१

४४५३  पटक हेरिएको

मोरङ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा बिहान ११:२० बजेसम्म ६ हजार ८ सय २६ मत खसेको छ। सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

यस उपनिर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। ७ वडा रहेको ग्रामथान गाउँपालिकामा १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएका छन्। कुल २६ हजार ४४ मतदाता रहेको यस पालिकामा मतदान जारी छ।

गत असारमा नेपाली कांग्रेसका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि रिक्त रहेको पदका लागि यो उपनिर्वाचन भइरहेको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!