विराटनगरमा कराते च्याम्पियनस् एकेडेमी सञ्चालनमा

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, मंसिर २२, २०८१

१६१७  पटक हेरिएको

विराटनगरको जलजला चोकमा शुक्रबारदेखि च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा आएको छ। कराते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले एकेडेमीको उद्घाटन गरेका हुन्। एकेडेमीले बिहान ६ देखि ८ बजेसम्म र बेलुकी ४ देखि ७:३० बजेसम्म कक्षा सञ्चालन गर्नेछ। कोच साहिल गिरीका अनुसार, एकेडेमीको मुख्य उद्देश्य बालबालिकालाई करातेमार्फत सही दिशा प्रदान गर्नुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु हो।

विराटनगरमा व्यवस्थित कराते प्रशिक्षणको अभावलाई मध्यनजर गर्दै यो एकेडेमी स्थापना गरिएको अर्का कोच सुरज कामतले बताए। उनका अनुसार, यसले खेलाडी र अभिभावक दुवैलाई लाभ पुग्नेछ।

उद्घाटन समारोहमा दुई प्रतिभाशाली खेलाडी, दर्शना पराजुली र एलिना मगरलाई आजीवन निःशुल्क प्रशिक्षण दिने घोषणा गरिएको छ। कार्यक्रममा खेलाडी, विद्यार्थी र अभिभावकको उत्साहजनक उपस्थिति रहेको थियो। विराटनगरमा कराते खेलको विकासमा यस एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!