नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक निर्वाचित

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, मंसिर २९, २०८१

२१७४  पटक हेरिएको

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् । आज सार्वजनिक गरिएको मत परिणाम अनुसार पाठकले एक सय सत्र (११७) मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले समान ८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरूमा सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी भएका छन् ।

महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता निर्वाचित भएका छन् । शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!