प्रेस युनियनबाट निर्वाचित सञ्चारकर्मीहरुलाई विराटनगरमा सम्मान गरिने

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, पुष १६, २०८१

२६५२  पटक हेरिएको

मोरङ।मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट उम्मेदवार भई विजयी हुने सञ्चारकर्मीहरुलाई नेपाली काङ्ग्रेस कोशी प्रदेश सुचना , सञ्चार तथा प्रचारप्रसार विभागले सम्मान गर्ने भएको छ ।

विभागले विराटनगर स्थित उद्योग संगठन मोरङको सभाहलमा भोलि (बुधबार) एक कार्यक्रमको आयोजना गरि सञ्चारकर्मीहरुलाई सम्मान गर्न लागेको हो । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट उम्मेदवार भई कोशी प्रदेशका १४ वटै जिल्लाका विभिन्न तहमा निर्वाचित सञ्चारकर्मीहरुलाई सम्मान गर्न लागिएको विभागले जनाएको छ ।

सम्मान कार्यक्रम नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री तथा राष्ट्रिय सभा संसदीयदलका नेता कृष्णप्रसाद सिटौला प्रमुख अतिथिका रूपमा सहभागी हुने नेपाली काङ्ग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!