ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, पुष १७, २०८१

३३३३  पटक हेरिएको

बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!