लागुऔषध सहित ४ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, पुष २३, २०८१

१३५९  पटक हेरिएको

विराटनगर।मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशन बि.क लाई निषेधित औषधी ट्रमाडोल-३४० चक्की र स्पासपेन-३८० चक्की सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप-महानगरपालिका- २० का २१ बर्षीय मनिष खड्का र ३२ बर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का १९ वर्षिय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल-१०० क्यासप्सुल, प्रतिबन्धित औषधी स्पासपेन- २० चक्की र स्पासमो- ३० चक्की सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!